काठमाण्डौ । काठमाडौँ महानगरपालिकाले गत आव २०७३/७४ मा मनोरञ्जन करको शीर्षकमा एक रुपैयाँ पनि असुल गर्न सकेन । 

गत आवमा रु आठ हजार असुल गर्न सके पनि गत आवमा एक रुपैयाँ  पनि असुल गर्न नसकिएको हो । मनोरञ्जन व्यवसायीलाई कर तिर्नका लागि पटक पटक ताकेता गर्दा पनि  कर तिर्न नआएको र सोहीअनुरुप कामपाले कारबाही गर्न नसकेकाले सो शीर्षकमा कर संकलन हुन नसकेको कामपा, राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले बताए।

कामपाले गत आवमा मनोरञ्जन क्षेत्रको कर असूली रु १७ लाख तथा सोभन्दा अघिल्लो आवमा रु २५ लाख लक्ष्य लिएको थियो ।  यस क्षेत्रमा नियमित रुपमा कर असुल हुने हो भने वार्षिक रु २५ लाख आम्दानी हुन सक्छ । मनोरञ्जनमा मात्र वार्षिक रु २५ लाख बक्यौता हुने गरेको छ । 

चालु आवदेखि कामपाले यस क्षेत्रको बक्यौता पनि असुल गर्ने लक्ष्यसहित कडाइका साथ काम गर्ने जनाएको छ । गत आवमा विज्ञापन करमा भने रु ७२ लाख ७३ हजार लक्ष्य लिएको कामपाले लक्ष्यभन्दा निकै बढी रु सात करोड आम्दानी गरेको थियो ।