काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाभित्र जग्गाको कित्ताकाट खुलेको छ।
महानगरले आफ्नो पालिकाभित्र भूउपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषियोग्य जमिन नरहेको पाएपछि कित्ताकाट खुलाएको हो।
मेयर बालेन साहको अध्यक्षता बुधबार बसेको बैठकले महानगरभित्र जग्गाको कित्ताकाट खुलाउन भू–उपयोग कार्यान्वयन समितिले गरेको सिफारिस स्वीकृत गरेको हो। बैठकमा परिषद्का सदस्य सचिव एवं महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कार्यान्वयन समितिबाट आएको सिफारिसका विषयमा जानकारी गराउँदै कृषियोग्य जमिन नभएको सिफारिसका आधारमा निर्णय हुन प्रस्ताव पेस गरेका थिए।
बैठकमा मेयर साहले काठमाण्डौ महानगर क्षेत्रको जमिन गैरकृषि क्षेत्रका रुपमा वर्गीकरण भएको बताए। बालेनले बैठकको निर्णयपछि यसअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशबन्डा फुक्का भएको जानकारी दिए।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago