काठमाण्डौ । चालुु आर्थिक वर्ष २०७९–८० को कात्तिकमा घर–जग्गा क्षेत्रमा बैंकहरुको कर्जा लगानी घटेको छ। 

गत साउन, भदौ, असोजको तुलनामा कात्तिकमा घर–जग्गाको क्षेत्रमा बैंकहरुले गर्ने लगानी घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो। 

तथ्यांकअनुसार चालुु आर्थिक वर्षको ४ महिनामा वाणिज्य बैंकहरुले कुल ८ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्। कात्तिकमा बैंकहरुले सबैभन्दा कम १ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ घर–जग्गा क्षेत्रमा कर्जा प्रदान गरेका छन्। यो महिना घर–जग्गाको कारोबारमा पनि कमी आएको थियो। 

त्यसैगरी चालुु आर्थिक वर्षको भदौ महिनामा भने बैंकहरुले घर–जग्गामा सबैभन्दा धेरै कर्जा लगानी गरेका छन्। केन्द्रीय बैंकले वाणिज्य बैंकहरुले भदौमा २ खर्ब २७ अर्ब २५ करोड रुपैयाँ प्रवाह गरेको जनाएको छ।

साउनमा २ खर्ब ११ अर्ब ५४ करोड रुपैयाँ घर–जाग्गा क्षेत्रमा कर्जा दिएका बैंकहरुले असोजमा भने २ खर्ब ६ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेका गरेका छन्। 

पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभाव हुुनुु, ब्याजदर वृद्धि हुुनुुु तथा भूउपयोग नियमावलीअनुसार जग्गाको कित्ताकाँट नहुँदा देशभरिको घर–जग्गा किनबेचमा मन्दी आएको छ। 

यस्तै घर–जग्गामा प्रवाह हुने रकममा राष्ट्र बैंकले कडाइ गर्दा बैंकहरुले लगानी घटाएका हुन्।

चार महिनामा कुुन बैंकको लगानी कति ?