काठमाण्डौ । कात्तिक अन्तिम साता पनि वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ भने कर्जा लगानी थोरै बढेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज सार्वजनिक गरेको कात्तिक १८ गतेदेखि कात्तिक २६ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरु निक्षेप घटेको देखिएको छ। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप १५ अर्ब रुपैयाँले घटेको छ।
योसँगै कात्तिकया वाणिज्य बैंकहरुको निक्षेप ४६ अर्ब रुपैयाँले घटेको छ। गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २६ गतेसम्म घटेर ४२ खर्ब २३ अर्ब रुपैयाँमा सीमित बनेको छ।
पछिल्लो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने ३ अर्ब रुपैयाँले बढेको छ। कात्तिकयता भने वाणिज्य बैंकहरुले ३० अर्ब रुपैयाँ लगानी गरेका छन्।
गत असोज ३१ गतेसम्म कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा कात्तिक २६ गतेसम्म बढेर ४० खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago