काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडले उच्च अदालत बार एसोसिएसन पाटनसँगको सहकार्यमा कानुन व्यवसायीहरुका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो। 

कार्यक्रममा कुमारी क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङ विभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के–के हुन् र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा ५० भन्दा बढी वकिल र उच्च अदालत बार एसोसिएसन पाटनका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति थियो। कार्यक्रममा वकिलहरुले सक्रिय रुपमा सहभागिता जनाउँदै सेयर बजारमा लगानीसम्बन्धी आफ्ना सबै जिज्ञासा राखेका थिए। 

कार्यक्रम गत शुक्रबार काठमाण्डौको शंखमूलस्थित अनमोल बैंक्वेटमा सम्पन्न भएको थियो।