काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंकले समीक्षा अवधिमा ४ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७६.३५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफा १ करोड ७८ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ४९ करोड ६३ लाख रुपैयाँमा सीमित थियो।
यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ५ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २५ करोड १० रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ७६.३५ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा बैंकले ५२ करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ४५ करोड ७५ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी १४.१६ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासमा बैंकले ४७ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
चुक्तापुँजी ३ अर्ब १४ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १३.०२ प्रतिशतले घटेर ८१ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष रिजर्भमा ९३ करोड १५ लाख रुपैयाँ रहेको थियो।
बैंकको खराब कर्जाको अनुपात (एनपीएल) बढेर ३.४० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.७९ प्रतिशतमा सीमित थियो। सीडी रेसियो ८७.०८ प्रतिशत रहेको बैंकको आधारदर १२.२३ प्रतिशत छ।
बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ८०.०४ प्रतिशतले घटेर ५.२९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस २६.५१ रुपैयाँ रहेको थियो। पीई रेसयो ५९.१५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६.३३ रुपैयाँ रहेको छ।
11 minutes ago
51 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago