काठमाण्डौ । कामना सेवा विकास बैंकको कर्जा अपचलन प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका पूर्वसीईओ प्रवीण बस्नेतसहित चारैजना बिहीबार हाजिरी जमानीमा छुटेका छन्।
यो प्रकरणमा पक्राउ परेकाहरु पूर्वसीईओ बस्नेतसहित बैंकका कर्मचारी वीरेन्द्रसिंह भण्डारी, ऋणीहरु चन्द्रबहादुर थापा र हरेन्द्र दाहाल इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको थियो। बस्नेतले प्रहरीमा आत्मसमर्पण गरेका थिए।
इप्रका दमकका डीएसपी दिलीप गिरीका अनुसार पूर्वीसीईओ बस्नेतसहित चारैजनासँगको अनुसन्धान पूरा भएकोले हाजिरी जमानीमा छाडिएको बताए। ‘उनीहरुसँग लिनुपर्ने बयानलगायतका काम पूरा भएको छ, त्यसैले अरु पक्राउ गर्न बाँकी रहेकोले उनीहरुलाई हिरासतमा राखिराख्न नमिल्ने भएकोले सरकारी वकिलको कार्यालयको सहमतिमा छाडिएको हो’, उनले भने।
अब यो मुद्दाको मिसिल अदालतमा बुझाउने बेलामा उनीहरुलाई बोलाएर लगिने पनि डीएसपी गिरीले जानकारी दिए। ‘फरार रहेका ११ जनाको पनि खोजी भइरहेको छ’, उनले भने।
आफू सीईओ रहँदा बस्नेतले विभिन्न कर्मचारीहरुसँग मिलेर झापाको दमकस्थित कमसल धितो राखेर करोडौँ रकम कर्जा प्रवाह गरेको राष्ट्र बैंकको अनुसन्धानबाट पुष्टि भएको थियो।
पूर्वसीईओ बस्नेतले बैंकका कर्मचारीसहित अन्य १४ जनाको मिलेमतो कमसल धितोमा दमक क्षेत्रमा विभिन्न कम्पनीका नाममा करोडौँ रकम कर्जा प्रवाह गरेका थिए। कम मूल्यांकनको धितोलाई उनीहरुले ८ करोड ८५ लाख रुपैयाँबरारबको कर्जा दिएका थिए।
2 minutes ago
8 minutes ago
17 minutes ago
25 minutes ago
38 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago