काठमाण्डौ । कामना सेवा विकास वैंकले बधुबार आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाण्डौ महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा काठमाण्डौको बाँसबारीस्थित जुत्ता मेन्डरका लागि निर्माण गरिएको एक बुथ प्रदान गरेको छ। उक्त बुथले स्थानीय उद्यमीलाई व्यवसाय गर्न सुविधायुक्त वातावारण वनाउने उद्देश्य रहेको छ।
उक्त बुथको उद्घाटन काठमाण्डौ महानगरपालिका वडा नं.३ का वडा सदस्य कृष्णराज चालिसेले गरेका छन्। बुथ बाँसबारीस्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो।
वैकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको वैंकले लिएको छ।
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago