काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार (वैशाख ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३१ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार २१.९३ रुपैयाँको कुल ४.६४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४.४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२३२१ प्रतिशत नगद लाभांश छन्।
सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही वैशाख १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago