काठमाण्डौ । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ।
बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा बिहीबार (जेठ २५ गते) का दिन हस्ताक्षर भएको हो।
कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्नेतर्फ भ्याली स्टेट कलेजले अध्यापन, अनुसन्धान तथा तालिममार्फत योगदान पुर्याउने बताएको छ।
यसका साथै यस सम्झौतापश्चात कामना सेवा विकास बैंकले भ्याली स्टेट कलेजलका विद्यार्थीहरुलाई इन्टर्नसिप प्रोग्रामको व्यवस्था समेत गर्ने भएको छ।
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago