काठमाण्डौ । कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा आइतबारको दिन हस्ताक्षर भएको छ।
यस सम्झौतापश्चात व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रमलगायत बैंकका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी स्वयंसेवकहरु उपलब्ध गराउन सहमत भएको छ। यसका साथै व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीहरुलाई बैंकको वित्तीय सेवा सुविधा प्रयोग गर्न प्रोत्साहन गर्नेछ। यो सम्झौतापश्चात बैंकले पहिचान गरेका क्षेत्रहरुमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धानसमेत गर्न सहमत भएको छ।
बैंकका तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई इन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसर समेत प्रदान गर्ने सम्झौता भएको छ। यसका साथै बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीहरुलाई २ शोधकार्य गर्ने छात्रवृत्ति प्रदान गर्नेछ।
18 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago