काठमाण्डौ । कामना सेवा विकास बैंकले आमजनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस् भन्ने उद्देश्यका साथ बीमा सुविधासहितको कोरोना बचत खाता सञ्चालनमा ल्याएको छ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का  कारणले आमजनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले यस्तो खाता सञ्चालनमा ल्याएको हो। नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम रु ५००० रहेको छ। 

यो खाता खालेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पीसीआर टेस्टद्वारा पुष्टि भएमा रु ५० हजारको बीमा रकम प्रदान गरिने बैंकले जनाएको छ। बैंकको वेबसाइटमा गई अनलाइनबाट पनि यो खाता सजिलै खोल्न सकिने बैंकले जनाएको छ। 

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको  यो बैंकले देशका विभिन्न भागमा १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ। 

बैंकले एबीबीएस, एसएमए बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा, अनलाइन अकाउन्ट अपनिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।