काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड र डा. सन्चो क्लिनिक प्रालिबीच स्वास्थ्यसम्बन्धी परामर्श लिने दिनेसम्बन्धी सम्झौता भएको छ।
कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी महामारीका रुपमा फैलिरहेको यो विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नका लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए। अब कर्मचारीहरुमा स्वास्थ्यसम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सीधै डा. सन्चो क्लिनिकसँग परामर्श गर्न सक्ने बैंकले जनाएको छ।
बैंकले यसअघि नै आफ्ना कर्मचारीहरुका लागि कोरोना बीमासमेत गरिसकेको छ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago