काठमाण्डौ । कोरोना कहरबीच पनि कामना सेवा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा खुद नाफा झन्डै १० गुणाले बढेको छ।
बैंकको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९७२.९५ प्रतिशतले बढेर २० करोड १ लाख रुपैयाँको उचाइमा पुगेको हो। गत वर्ष यही अवधिमा बैंकले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा बैंकले ७ करोड ४३ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि २२३.४७ प्रतिशतले बढेर ८ करोड ४९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २ करोड ६२ लाख रुपैयाँ रहेको थियो।
प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानीबापत ३८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा २५ करोड १५ रुपैयाँ थियो।
बैंकले समीक्षा अवधिमा ३६ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार ३०.६२ प्रतिशतले घटेर ५० करोड ३० लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ७२ करोड ५० लाख रुपैयाँको थियो।
बैंकको खराब कर्जाको दर (एनपीएल) बढेर २.६४ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा बैंकको खराब कर्जाको दर १.६१ प्रतिशत रहेको थियो।
बैंकको आधार दर घटेर ९.२८ प्रतिशतमा झरेको छ। जब कि गत वर्ष बैंकको आधार दर ११.८६ प्रतिशत रहेको थियो।
वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९७२.९५ प्रतिशतले उकालो लागेर १५.७३ रुपैयाँमा पुगेको छ। गत वर्ष बैंकको ईपीएस २.९४ रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७.०८ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ १२२.६२ रुपैयाँ रहेको छ।
29 minutes ago
52 minutes ago
1 hour ago
2 hours ago
13 hours ago
13 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago