काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७५/७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ। 

कर दिवसका अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताका रुपमा सम्मानित गरिएको हो। बैंकका प्रबन्धक दिमश अमात्यलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानस्वरुप कदरपत्र प्रदान गरेका थिए। 

बैंकले आव २०७४÷७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेबापत सम्मान प्रदान गरिएको थियो। 

विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसका अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ।

राज्यप्रतिको आफ्नो जिम्मेवारीबोध गर्दै बैंकले आगामी दिनमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्र निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पुर्याउने लक्ष्यसहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढी हौसला प्रदान गरेको छ र बैंक आफ्नो भिजनअनुरुप खरो रुपमा उत्रिएर राष्ट्र निर्माणमा सबैभन्दा बढी योगदान दिने करदाताका रुपमा आफूलाई स्थापित गरेको छ। 

यस महत्वपूर्ण उपलब्धिको सुखद क्षणमा नेपाल सरकार, अर्थ मन्त्रालय, आफ् ग्राहक, नियामक निकाय, कर्मचारीलगायत अन्य सरोकारवाला सबैमा बैंकले कृतज्ञता प्रकट गरेको छ।