काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौको काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आज एकैदिन १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ। 

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तोकेको मापदण्डभित्र रही बैंकका अध्यक्ष सुदिप आचार्यले ती शाखाहरुको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा बैंकका सञ्चालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलगायत अन्य कर्मचारी उपस्थित थिए भने अन्य सञ्चालकको भर्चुअल उपस्थिति थियो। 

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए। बैंकले व्यवसाय विस्तारका क्रममा समयसापेक्ष थप नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ।

यससँगै अब बैंकले १२७ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई निरन्तर सेवा प्रदान गर्नेछ। बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस बैंकिङजस्ता डिजिटल माध्यमबाट ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।