काठमाण्डौ । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७७/७८ मा लोभलाग्दो प्रगति गरेको छ। 

आज सार्वजनिक आर्थिक २०७७/७८ को चौथो त्रैमाससम्मको वितरणले बैंकले समीक्षा वर्षको यो अवधिसम्म उत्कृष्ट प्रदर्शन गरेको हो। समीक्षा अवधिसम्म बैंकले गत ७० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ४८४.९० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ४३ करोड ४५ लाख रुपैयाँ रहेको छ। यो हिसाब बैंकले १६ प्रतिशत बढी लाभांश वितरणको क्षमता बनाएको छ। 

यो अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा ३३४.२२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १६ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर ७१ करोड ९६ लाख रुपैयाँ पुगेको छ। 

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिसम्म बैंकको रिजर्भको आकार पनि ५५.१७ प्रतिशतले बढेर ८४ करोड ४३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको रिजर्भमा ५४ करोड ४१ लाख रुपैयाँ रहेको थियो। 

बैंकको निष्क्रिय कर्जा पनि १.७९ प्रतिशतबाट घटेर १.५ प्रतिशतमा झरेको छ। आधार दर १०.५५ प्रतिशतबाट घटेर ८.३८ प्रतिशतमा सीमित बनेको छ। 

चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४६०.२५ प्रतिशतले उकालो लागेको छ। अघिल्लो वर्षसम्म ४.७१ रुपैयाँ रहेको ईपीएस बढेर २६.४० रुपैयाँ पुगेको हो। पीई रेसियो २१.९७ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४८.६१ रुपैयाँ रहेको छ।