काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ।
बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले नेपाल धितोपत्र बोर्डमा गत साउन ३ गते आवेदन पनि दिइसकेको छ।
बैंकले १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ४ लाख इकाइको सार्वजनिक निष्कासनमार्फत बिक्री गरिनेछ।
यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।
कामना सेवा विकास बैंकको यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। ऋणपत्र २०८८ सालमा परिपक्व हुनेछ।
यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।
18 minutes ago
53 minutes ago
59 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago