काठमाण्डौ । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने विषयमा समझदारी भएको छ।

यो समझदारीसँगै ह्वाइट लोटसबाट इलेक्ट्रिक स्कुटरका खरिदमा ग्राहकले कामना सेवाबाट सहज रुपमा कर्जा पाउने भएका छन्। योग्य ग्राहकलाई मासिक किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर खरिदका लागि ह्वाइट लोटस मोटर्ससँग सहकार्य भएको बैंकले जनाएको छ। यो सझदारीको मुख्य उद्देश्य स्वच्छ र प्रदूषणरहित वातावरण टेवा दिनु नै रहेको बैंकको भनाइ छ। 

बैंकले हाल देशभर १२९ शाखा, एउटा एक्सटेन्सन काउन्टर र ७० वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। 

ह्वाइट लोटसले इलेक्ट्रिक स्कुटरका साथ विभिन्न ब्रान्डका स्कुटर, मोटसाइकल तथा पार्टपुर्जा आफ्नै शोरुम र डिलरहरुबाट बिक्रीवितरण गर्दै आएको छ।