काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेस्थित पुननिर्मित शाखा कार्यालयको आज उद्घाटन गरिएको छ।
ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्यले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरेको हो। शाखा कार्यालयको उद्घाटन बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा गरेका छन्।
सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विभिन्न डिजिटल माध्यमबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
15 minutes ago
26 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago