काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले पाँचतारे होटेल सोल्टीमा विशेष छुट पाउने भएका छन्।

बैंकका ग्राहकलाई छुट दिने विषयमा कामना सेवा विकास बैंक र सोल्टी इन्टरप्राइज प्रालिबीच सम्झौता भएको हो। सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले सोल्टीमा सेवामा लिएबापत १० प्रतिशतसम्म छुट पाउने छन्। 

बैंकका ग्राहक र कर्मचारीले काठमाण्डौमा रहेको सोल्टी क्राउन प्लाजा र नेपालगन्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियरमा सेवा लिएबापत छुट पाउनेछन्। सेवा लिएबापतको भुक्तानी गर्दा एटीएम वा अन्य प्रमाण देखाएमा पाइने बैंकले जनाएको छ। 

कामना सेवाले हाल देशभर रहेका १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्ट र ७५ वटा एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।