काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १५ वार्षिक साधारणसभा डाकेको छ। 

बैंक सञ्चालक समितिको हिजो असोज २५ गते बसेको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको १८.५० प्रतिशतका दरले हुन आउने ४९ करोड ६ लाख १३ हजार २९०.३४ रुपैयाँबराबरको बोनस सेयर तथा बोनस सेयर कर प्रयोजनका लागि ०.९७ प्रतिशतका दरले हुन आउने रकम २ करोड ५७ लाख ४० हजार ४८.२० रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र संस्थापक तथा सर्वसाधरण सेयरधनीका तर्फबाट ३–३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेलगायतका प्रस्तावहरु पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले आगामी कात्तिक १० गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।