काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो १५ वार्षिक साधारणसभा (एजीएम) आज कात्तिक २३ गते आयोजना गर्दैछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १९.४७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ रुपैयाँको १८.५० प्रतिशतका दरले हुन आउने ४९ करोड ६ लाख १३ हजार २९०.३४ रुपैयाँबराबरको बोनस सेयर तथा बोनस सेयर कर प्रयोजनका लागि ०.९७ प्रतिशतका दरले हुन आउने रकम २ करोड ५७ लाख ४० हजार ४८.२० रुपैयाँबराबरको नगद लाभांश छन्। 

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ भने संस्थापक तथा सर्वसाधरण सेयरधनीका तर्फबाट ३–३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले गत कात्तिक १० गते १ दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत कात्तिक ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन पाउनेछन्।