काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी (सुस्तापूर्व) जिल्लाका देवचुली नगरपालिका–१५ प्रगतीनगर र कावासोती नगरपालिका–१६ डन्डास्थित शाखाहरु पुनर्निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ। 

ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यी दुवै शाखाहरु पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो। दुवै शाखाको उद्घाटन बैंकका अध्यक्ष्य सुदीप आचार्यले गरेका छन्। 

सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।