काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय गोंगबुमार्फत काठमाण्डौ जिल्लाको टोखा नगरपालिका–६ धापासीस्थित हरिहर मन्दिरलाई आज बिहीबार कुर्सीहरु हस्तान्तरण गरेको छ।
ती कुर्सीले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई बस्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकको काठमाण्डौ क्षेत्रका क्षेत्रीय प्रमुख केदारनाथ शर्माले हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दामोदर ढकाललाई ती कुर्चीहरु हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अन्य सदस्य, स्थानीयका साथै बैंकका कर्मचारीहरुको उपस्थिति थियो।
यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिइने जनाएको छ।
24 minutes ago
51 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago