काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन्। 

बैंकिङ क्षेत्रमा करिब ३ दशक लामो कार्यानुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि बैंकको उच्च तहमा रही काम गर्दै आएकोमा पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका छन्। उनी एनआईसी एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्। 

बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पुर्याउने बैंकले विश्वास लिएको छ।