काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ७ अन्तर्गत कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न. १, सुखडर कैलाली जिल्लाको, लम्कीचुहा नगरपालिका वडा नं. १, लम्कीमा आज सोमबार एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी समुद्घाटन गरेको छ । 

यो सँगै अब बैंकको शाखा संख्या १२०पुगेका छन् । सुखड शाखाको समुद्घाटन घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरी र बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रmपमा गरेका थिए ।

यसैगरी लम्की शाखाको लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाई र बैंकका अध्यक्ष  सुदीप आचार्यले संयुक्त रmपमा गरे । 

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा  १२० वटा शाखा कार्यालयहरु तथा ६२ वटा एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।