काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हिजो बिहीबार  धनगढी उप–महानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । 

बैंकले धनगढी उप–महानगरपालिकाको सहकार्यमा वितरण गर्ने गरी रु १ लाख बराबरको चामल, दाल, तेल नुन लगायतका खाद्यान्न सामग्रीहहरु हस्तान्तरण गरेको  जनाएको छ । 

बैंकका धनगढी शाखा प्रमुख  हरि जोशी तथा अत्तरिया शाखा प्रमुख हर्ष बहादुर भण्डारीले संयुक्त रुपमा उक्त राहत सामग्री धनगडी उप–महानगपालिकाका प्रमुख नृप बहादुर वड तथा उप–प्रमुख सुशीला मिश्र भट्ट मार्फत हस्तान्तरण गरे । 

हाल नोबेल कोरोना भाइरस (कोभिड–१९) महामारीको रुपमा विश्वभर फैलिएको र नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सिङ्गो देश लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुंदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको  बताएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित १२३ वटा शाखा कार्यालयहरु तथा ६५ वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने  गरेको जनाएको छ जाने बैंकको योजना रहेको छ ।