काठमाण्डौ। नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने/गराउने मुख्य उद्देश्य तथा आमनागरिकमाझ डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको कामना सेवा विकास बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजतजयन्ती तथा २५ औँ वार्षिक साधारणसभाको अवसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ। 

नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवर्द्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहँुच पुुर्याउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्यूआर कोड वितरण गर्ने योजनाअनुरुप पहिलो चरणमा करिब ५० व्यवसायीलाई क्यूआर कोड वितरण गरेको हो। 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्यूआर कोड बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए। त्यसपछि अध्यक्ष पाण्डेले व्यवसायीहरुलाई वितरण गरेका थिए। 

नेपालकै नमुना अटो भिलेजका रुपमा रहेको बुटवल अटो इन्जिनियरिङ डिजिटल बैंकिङमा आबद्ध भएकोमा मन्त्री चौधरीले खुसी व्यक्त गर्दै कामना सेवा विकास बैंकलाई धन्यवाद दिँदै अन्य व्यवसायी संघसंस्थाहरुमा समेत यो अभियान अगाडि बढाउन सुझाव दिए।