काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘केएसबीबीएल डिबेन्चर–२०८७’ ले अन्तराष्ट्रियस्तरको परिचय अंक ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन)’ प्राप्त गरेको छ। 

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरणसमेत गरिएको छ। यो ऋणपत्रलाई NPE068A1101 को आईएसआईएन प्रदान गरिएको हो। 

गत वर्ष माघ २२ गते  निष्कासन तथा बिक्री खुला गरिएको ऋणपत्रले २०७८ वैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको हो। उक्त परिचय अंक अन्तर्राष्ट्रियस्तरमा ऋणपत्र, बन्ड, स्टक आदिजस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ। 

आईएसआईएन ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ र फुकुवा गर्न प्रदान गरिन्छ।