काठमाण्डौ। कामना सेवा विकास बैंकले आजबाट ‘युनिफोक रिडिङ ग्लास’ सेवा सुरु गरेको छ।

ग्राहकको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा बैंकले विश्व दृष्टि दिवसका अवसरमा विश्व स्वास्थ्य संघले तय गरेको ‘आँखालाई माया गरौँ’ भन्ने नारालाई आत्मसात गरी विभिन्न बैंकिङ सेवाहरु लिने क्रममा सहज होस् भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक ‘युनिफोकल रिडिङ ग्लास’ सेवा सुरु गरेको हो। बैंकका अध्यक्ष सुदिप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोख्रेलले संयुक्त रुपमा आज एक समारोहबीच उक्त सेवाको शुभारम्भ गरेका हुन्। 

यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो। 

बैंकले यसअगाडि पनि दृष्टिविहीन व्यक्तिहरुलाई समेत आफैँ खाता खोली बैंकिङ कारोबार गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले ब्रेललिपि प्रयोग गरी बचत खाता सञ्चालनमा ल्याइसकेको छ।