काठमाण्डौ । कामना सेवा विकास बैंकले अनलाइनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ।
अब बैंकमा बचत खाता भएका ग्राहकले घरमै बसी सहज रुपमा बैंकको अनलाइनमार्फत नै डिम्याट खाता तथा मेरो सेयर खोल्न सक्नेछन्। अनलाइनमार्फत खाताका लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ।
यसका साथै बैंकमा खाता नभएका ग्राहकले अनलाइनबाटै उच्चतम ब्याजदरसहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली विभिन्न सुविधा उपभोग गर्न सक्नेछन्। जसअन्तर्गत ग्राहकले प्रथम वर्ष निस्शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन्।
देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारित शाखाबाट डिम्याट खातासम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ।
काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा ग्राहकहरुलाई आफ्नो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ। बैंकले सोसल मिडिया बैंकिङ, केएस आईमोबाइलजस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकलाई सरल, सहज र उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
4 minutes ago
37 minutes ago
46 minutes ago
51 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago