काठमाण्डौ। ‘स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात गरी कामना सेवा विकास बैंकले पुस ९ र १० गते गर्न लागेको पहिलो ‘कामना सेवा फुटसथ कप २०२१’ प्रतियोगितामा सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिका सार्वजनिक गरेको छ।
बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आज आयोजित पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेलतालिकाका बारेमा समेत जानकारी गराइएको हो। प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुसमेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ। खेलका लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ।
बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र सीता घिमिरे, नि. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद लम्साल, सञ्चारकर्मी, एन्फा फुटबल कमिटीका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधि तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो।
कार्यक्रममा एन्फा फुटबल कमिटीले खेलका नियमहरुका बारेमा जानकारी गराएको थियो। उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटीले रेफ्रीहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नका लागि सहजीकरणसमेत गर्नेछ।
युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजबाट पुस ९ गते प्रतियोगिताको उद्घाटन हुनेछ भने पुस १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट खेलको समापन गरिनेछ।
पुस १० गते हुने नकआउट चरणका खेलहरुको विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ। यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीको स्वास्थ्य तथा निरोगिता प्रवर्द्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्री वातावरण निर्माण हुनेमा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष्य आचार्यले बताए। यसका साथै प्रतियोगितालाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग र समन्वय गर्नका लागिसमेत उनले अनुरोध गरे।
7 minutes ago
40 minutes ago
49 minutes ago
54 minutes ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago