काठमाण्डौ । यो साता पहिलो कारोबार दिन आइतबार नेप्से इन्डेक्समा उछालसँगै १२ वटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। अहिलेसम्म ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ ।

कारोबार सुरु भएको ३ घन्टा नहुँदै गत शुक्रबारको तुलनामा नेप्से इन्डेक्स ३१.५५ अंक (२.६० प्रतिशत) को बढोत्तरी १२४८.७५ को विन्दुम पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.१३ प्रतिशत अर्थात ५.६३ अंकले वृद्धि भई २७०.७८ विन्दुमा पुगेको छ ।

यस अवधिमा १४ वटा कम्पनीका सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी स्वाभिमान लघुवित्त, घोडीघोडा लघुवित्त, सगरमाथा इन्स्योरेन्स, समता लघुवित्त, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, फस्र्ट माइक्रो फाइनान्स, एनएमबी माइक्रो फाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, सपोर्ट माइक्रो फाइनान्स र प्रभु इन्स्यारेन्सको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएको हो।