काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार ३०० रुपैयाँ कायम भएको थियो । सुनको भाउ बिहीबार र बुधबार प्रतितोला छापावाल ७५ हजार २०० रुपैयाँ र तेजाबी ७४ हजार ९०० रुपैयाँ रहेको थियो । बिहीबार स्थिर रहेको सुनको भाउमा बुधबार भने एकैदिन तोलामा ८०० रुपैयाँको गिरावट आएको थियो ।

यसैगरी कारोबारको तेस्रो दिन मंगलबार तोलामा एकैदिन ५०० रुपैयाँले घटेर सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

कारोबारको पहिलो र दोस्रो दिन क्रमशः आइतबार र सोमबार सुनको भाउ प्रतितोला छापावाल ७६ हजार ५०० र तेजाबी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सुनको यो भाउ नेपाली बजारको इतिहासमै दोस्रोपटक उच्च विन्दुमा हो । यसअघि गत पुस २३ गते पनि सुनको भाउ प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता कारोबार पहिलो दिन आइतबार एकैपटक तोलामा ५०० रुपैयाँले बढेमा त्यसपछि लगातार घट्न थालेको थियो । कारोबारको अन्तिम शुक्रबार पुनः तोलामा ४०० रुपैयाँले बढेको हो ।

समग्रमा यो साता सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ । 

कारोबारको अन्तिम शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँ कायम भएको छ । समग्रमा यो साता चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।