काठमाण्डौ । सेयर बजारमा आज दिनभर उतारचढाव देखियो। प्रि–ओपनमा १ अंकले बढेर खुलेको बजार करिब ११ अंक घटेर १९२० सम्म आयो भने दिनभरको उच्च विन्दु १९४७ सम्म पुग्यो। कारोबारको अन्तिममा ७ अंक बढेर बजार बन्द भएको छ। 

आज पनि बजारमा २ अर्ब ३० करोड रुपैयाँबरबार कारोबार भएको छ। यो भनेको पछिल्लो समयको एभरेज भोलुमभन्दा माथि हो। यसले कारोबारमा  सुधार आएको र बजार मजबुत बन्दै गएको बुझिन्छ। 

प्राविधिक रुपमा आजको बजारलाई हेर्दा मूल्यरेखाहरु बोलिंगर ब्यान्डको अप्पर ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। बुधबार सुटिङ स्टार बनेको क्यान्डल बिहीबार  स्पिनिङ टप क्यान्डल बनेको छ। यो क्यान्डल भनेको अनिर्णयको संकेत हो। 

यदि आगामी कारोबारमा बजार आजको उच्च विन्दु १९४८ भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने बजार अप ट्रेन्ड जान सक्छ। यसविपरीत यदि बजार आजको लो प्वन्इट १९२० भन्दा तल झर्छ भने बजारमा केही करेक्सन आउन सक्छ। 

बजारलाई म्याक्डीमार्फत हेर्दा १७ मे मा बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम गाडा  सकारात्मक र लामा–लामा हुँदै गएका छन्। आरएसआई पनि हाल ५८ को तहमा पुगेको छ। 

समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजार सकारात्मक बनेको देखिन्छ। यस हिसाबले बजार  फेरि एकपटक २००० माथि पुग्न सक्ने कारोबार तथा भोलुमका आधारमा पनि देखिन्छ।

इचिमोकुमा पनि बजार क्रमशः सुधार भएको देखिन्छ। बजारलाई ट्रेन्ड लाइन र पिभट प्वइन्टमार्फत हेर्दा १९५० देखि १९६० मा प्रतिरोध सामना गर्न सक्ने देखिन्छ भने त्यसपछि १९७५ मा प्रतिरोध सामना गर्न सक्छ। त्यहाँबाट पनि बजार माथि जान्छ भने पिभट प्वइन्टको दोस्रो प्रतिरोध २०३४ मा सामना गर्न सक्छ। 

बाजारमा करेक्सन आएमा भने १९१८ तथा १९०० मा बलियो सपोर्ट लिन सक्छ। 

बजारलाई डाउ थेउरीमार्फत हेर्दा पछिल्लोपटकको न्यून विन्दु करिब १८६० आसपास हायर लो कन्फर्मेसन दिएको बुझ्न सकिन्छ। यो भनेको बजार इन्ट्रीको विन्दु हो। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण करोबारका लागि सिफारिस भने होइन।