काठमाण्डौ । काल्र्सबर्ग गल्फ सिरिज् २०१८ को अन्तिम लिग अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको फाइनल सिरिजको समाप्ति काल्र्सवर्गको साथमा भव्य रुपमा भयो । ३ वटा सिरिजको यस प्रतियोगितामा देशका प्रमुख उदीयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिँदैछ। 

तीनवटा सिरिजमध्येको अन्तिम सिरिजको सुरुवात असोज २० गतेभएको थियो । आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदीयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको थियो । यो सिरिज ¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो । 

पवित्रकुमार कार्कीले ३०० अंक प्राप्त गरी आफ्ना लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्लले ४९० अंकका साथ सिरिजका ग्रस च्याम्पियन बन्न सफल भए ।

गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले आफ्नो अनुभव यसरी बाँडे, काल्र्सवर्ग गल्फसिरिज् “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदीयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिजले साँच्चै नै लामो बाटो तय गरेको छ । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

गोर्खा ब्रुअरीका बजार प्रबन्धक रोजन अमात्यले आफ्नो उत्साह बाँड्दै भने, “यस प्रतियोगिताका लागि हामीले ज्यादै नै उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेका छौं र हामी सहभागीहरुलाई पनि कृतज्ञता व्यक्त गर्न चाहन्छौं । यसका साथै हामी हाम्रा पार्टनर, गोकर्ण फरेष्ट रिसर्टलाई यस प्रतियोगितालाई सफल बनाउन गर्नु भएको सहयोगका लागि धन्यवाद दिन चाहन्छौं ।”

गोकर्ण फरेष्ट रिजोर्टका प्रमुख गल्फ निर्देशक दीपक आचार्यकाअनुसार, “काल्र्सबर्ग गल्फ सिरिज उदीयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्नेछ ।”

विजेताहरुको नाम यस्तो छ

  • नेट च्याम्पियन पवित्रकुमार कार्की
  • ग्रस च्याम्पियन पृथ्वी मल्ल
  • नेट विजेता पवित्रकुमार कार्की
  • ग्रस उप–विजेता पृथ्वीमल्ल
  • सिनियर विजेता एलटी जेनरल केएनएस थापा
  • महिलातर्फका विजेता युजीन सिम
  • क्लोजेष्ट टु द पिन डा. निराजन शर्मा 
  • मोष्ट बर्डिज पृथ्वी मल्ल