काठमाण्डौ । चीनको वुुहान सहरबाट कोरोना भाइरस सुुरु भएको थियो, जसले अहिले महामारीको रुप धारण गरिसकेको छ । अहिलेसम्म विश्वका १४० बढी देशमा कोरोना भाइरसको चपेटाबाट गुुज्रनुु परेको छ । यो भाइरसले अहिलेसम्म १९ हजार १ सय जना मानिसको मृत्युु भइसकेको छ । 

यस्तो अवस्थामा कोरोनाबाट बच्न सामाजिक दूूरी कायम गर्नुुपर्छ र लाखौं मानिसहरु घरबाटै कार्यालयको काम गरिरहेका छन् । स्वास्थ्य विशेषज्ञका अनुुसार कार्यालयमा भाइरस फैलने डर अधिक रहन्छ । कारण यो छ कि विश्वका धेरै देशका सरकारले आफ्ना नागरिकहरुलाई कार्यालयका सट्टा घरबाटै काम गर्न सल्लाह दिएका छन् ।

जानौं कसरी कार्यालयमा तीव्र गतिमा फैलिन्छ भाइरस ?
कार्यालयमा कोरोना भाइरस तीव्र रुपमा फैलिन्छ । यसको सबैभन्दा ठूलो कारण कार्यालयमा एकअर्का अलग अलग माहौलबाट आउनुु नै हो । 

शोधकर्ताका अनुुुसार भाइरस वा ब्याक्टेरिया कार्यालयमा फैलन नदिन मिल्दछ । कार्यालयको डेस्कदेखि लाइट वा ढोकाको हेण्डल, धारामा सबैले छुुने गर्दछन् जुुन भाइरस फैलनका लागि कारण बन्न सक्दछ । 

कोही सहकर्मीले खोक्दा वा हाच्छूँ गर्दा कार्यालयका उपकरणमा भाइरस फैलन सक्दछ र तपाईँलाई संक्रमित गर्न सक्दछ । एरिजोना विश्वविद्यालयका कलेज अफ पब्लिक हेल्थका एक शोधकर्ता जोनाथन सेक्सटनका अनुुसार रेफ्रिजेरेटर, दराजको हेण्डल, धाराको हेण्डल, गेटको हेण्डल र कपहरुमा सबैभन्दा धेरै मात्रामा किटाणुु पाइन्छ ।

हावामा फैलन्छ भाइरस
भाइरसको सबैभन्दा धेरै जोखिम हावाकै माध्यबाट फैलन सक्ने हो । नेब्रास्का विश्वविद्यालयको कलेज अफ पब्लिक हेल्थमा महामारी उपर शोध गरिरहेका प्राध्यापक डाक्टर अली खानका अनुुसार यदि कोही व्यक्ति बिरामी छ भने कार्यालयमा आफ्नो डेस्कमा खोकी वा हाच्छ्यूँ किटाणुु हावामा फैलन्छ र उक्त स्थान संक्रमित हुुन्छ । यसपछि त्यो कर्मचारीको सम्पर्कमा आउने दोस्रो व्यक्ति पनि संक्रमित हुन्छ । यसका साथै यदि कसैको प्राइभेट डेस्क भए त्यसमा पनि कोरोना भाइरस फैलने डर हुुनसक्छ । 

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जेनेरल टेड्रो एडेनम गेब्रिएस भन्छन्, कोरोना हावाबाट पनि फैलनसक्ने भाइरस हो, यसकारण यो अत्यन्तै खतरनाक हुुन्छ । तपाईँ सबैले देख्नुु भएको छ, कसरी यो २४ देशमा फैलिसकेको छ । 

यसको अलावा मार्च १६ को एक पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनले इमर्जिगं रोगका प्रमुुख डाक्टर मारिया केराकोवले भनेका थिए, एक भर्खरै गरिएको अध्ययनमा देखिएको छ कि कोरोना भाइरस हावामा केही समयका लागि रहनसक्दछ । 

अस्पतालमा काम गर्ने कर्मचारीहरुलाई समेत यसको खतरा अधिक हुुन्छ । यसकारण कर्मचारीहरुले धेरै सावधान रही हावाबाट सावधान बन्न जरुरी छ, तर आम मानिसका लागि हरेक समय मेडिकल मास्क लगाउन जरुरी छैन, जबसम्म तपाईँ स्वयम् संक्रमित हुुनुुहुुन्न अथवा कोही शंकास्पद संक्रमितसँगै रहनुुहुुन्न ।

हात धोइरहनुुहोस् 
आफ्नो कार्यालयमा तपाईँ एक नियमित समयको अन्तरालमा आफ्नो हात सफा गर्दै रहनुुहोस् । विश्व स्वास्थ्य संगठनका अनुुसार संक्रमणबाट बच्न दिनभर ५ पटकसम्म हात धुुनुु जरुरी छ । 

हात सफा गर्दा बगिरहेको ठण्डा पानी वा तातो पानीले धुुनुुपर्छ । साबुुन व्यक्तिगत वा लिक्विड हेण्डवाश भए अझ बेस । २० सेकेण्डसम्म दुुवै हात मज्जाले रगडेर सफा गर्नुुपर्छ । सफा रुमाल, तौलियाले हात राम्ररी पुुछ्नुुपर्छ अथवा एयर डायरले सुुख्खा राख्नुुपर्छ।

सेनिटाइजर साथै राख्नुुहोस्, अनुुहार नछुनुुहोस्
बारम्बार हात धुुन बाथरुम जान असम्भव भए तपाईँ आफ्नो साथमा हेण्ड सेनिटाइजर राख्न सक्नुुहुुन्छ । तपाईँ आफैं तय गर्नुुहोस् कि काम सकिएपछि आफ्नो हात सफा गर्नुुपर्छ । काम गरेको बखत तपाईँ कोशिस गर्नुहोस् कि हातले आफ्नो अनुुहार छुन नपरोस् । 

युनिभर्सिटी अफ न्यू साउथ वेल्सको अध्ययनका अनुुसार एक व्यक्ति एक घण्टामा २३ पटक आफ्नो मुहार छुुन्छ । यसकारण चिकित्सकका आँखा, नाक र मुुहार छुन मनाही गरिरहेका छन् । 

अमेरिकाको सेन्टर फर नियन्त्रण रोकथाम(सीडीसी)का अनुुसार कार्यस्थलमा कर्मचारीहरुलाई डिस्पोजेबल वाइप्स(पुुछ्नका लागि) दिन आवश्यक छ । किनभने ढोकाका हेण्डल, लिफ्टको बटन, डेस्क, टीभी वा रिमोट लगायत छुन भन्दा पहिले त्यसलाई वाइप्सले पुुछेर सफा गर्नुुपपर्छ । 

तपाईँ आफ्नो स्मार्टफोनको स्क्रिन पनि सफा गर्दै गर्नुुहोस् । यसो गरिएको खण्डमा भाइरसको फैलावट रोक्न सकिन्छ ।
-एजेन्सी