काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो। संस्थाले गत आर्थिक वर्षको नाफा र सञ्चित मुनाफाबाट प्रतिसेयर १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणभासबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने सञ्चालक समितिले निर्णय गरेको छ।