काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ।
कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.५२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आय ७.१४ प्रतिशतले घटेर ९ अर्ब ७ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा कम्पनीको सञ्चालन आय ९ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।
प्रथम त्रैमासमा कम्पनीको कुल आय ०.८० प्रतिशतले बढेर ११ अर्ब ४ करोड रुपैयाँ भएको छ। जुन गत वर्ष यही अवधिमा १० अर्ब ९५ करोड रुपैयाँमा सीमित थियो।
गत आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरु निम्नानुसार छन्–
कार्य सञ्चालन आयमा वृद्धि
कार्य सञ्चालन आयमा कमी
गैरकार्य सञ्चालन आयमा भएको परिवर्तन
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago