काठमाण्डौ । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडको खूद नाफा घटेको छ । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्षको सोही अवधिमा खूद नाफा ३८ प्रतिशत भन्दा बढीले घटेको हो । 

कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ९९ लाख ४७ हजार खूद नाफा आर्जन भएकोमा यो वर्ष घटेर ७१ लाख ९८ हजारमा सीमित बन्न पुुगेको हो । 

खूद नाफा घटे पनि खूद ब्याज आम्दानी चाहि बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ करोड ९१ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ करोड ५८ लाखको उचाईमा पुुगेको छ । दोश्रो त्रैमाससम्म यो कम्पनीको चुक्तापूँजी ५ करोड ६५ लाख रहेको छ भने जगेडा कोषमा १ करोड ७४ लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा बैंकले ११ करोड ९२ लाख निक्षेप संकलन गरेको छ भने ३८ करोड २९ लाख सापटी लिएको छ । यो अवधिमा ३९ करोड ९० लाख कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिमा ३२ करोड ७८ लाख कर्जा परिचालन भएको थियो । 

बैंकको दोश्रो त्रैमाससम्मको वार्षिकीकृत प्रति सेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ९३ पैसा र मूल्य आम्दानी अनुपात ४९.८४ गुणा कायम भएको छ ।