काठमाण्डौ । आज दिनभरको उतारचढावपछि सेयर बजार ९ अंकको गिरावटका साथ बन्द भएको छ।
आज कारोबारको पहिलो २ घन्टासम्म बजार २२०० माथि नै टिकेको थियो। अघिल्लो दिन बैंकिङ सूचकमा गिरावट आएको बजारले आज पनि बैंकिङ इन्डेक्सबाट सपोर्ट पाएन। अरु सेक्टरमा पनि बजारले बिक्री दबाब झेल्यो।
प्राविधिक रुपमा पनि यदि आज बजार २२०० भन्दा माथि टिकेको भए अघिल्ला कारोबारहरुमा बनेको बुलिस हरामी प्याट्रन भ्यालिड हुन जान्थ्यो। तर, बजारमा आज सामान्य करेक्सन आउँदा उक्त बुलिस क्यान्डल इन्भ्यालिड भएको छ। यद्यपि, बजार अघिल्लो दिनको हरियो क्यान्डलभन्दा माथि नै रहेको देखिन्छ। यसले बजार मजबुत नै रहेको संकेत गर्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अप्पर ब्यान्डमा ठोक्किएर विस्तारै मध्य ब्यान्डतर्फ आकर्षित देखिन्छ। म्याक्डीमार्फत हेर्दा बजार एमएसीडी लाइन र सिग्नल लाइन नजिक–नजिक हुँदै गएको देखिन्छ। हिस्टोग्राम पोजिटिभ नै छन् तर फिक्का हुँदै गएका छन्।
आरएसआई पनि ओभरबट जोन ८२ बाट घटेर हाल ७० को तहमा हाल पनि ओभरबट जोनमै रहेको देखिन्छ। समग्र तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारमा बिक्री परेको देखिन्छ।
अब यदि बजार घटेमा नजिकको सपोर्ट फिवोनासीको ०.३८ प्रतिशतको २११५ र ०.५ प्रतिशतको २०६० सम्म आउन सक्छ। बढेमा बजारले अघिल्लोपटकको प्रतिरोध विन्दु २२१३, २२३५ तथा २२७० मा सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago