काठमाण्डौ । भिडियो सेरिङ चिनियाँ एप टिकटकको अमेरिकी कारोबार किन्ने माइक्रोसफ्ट कम्पनीको योजना तुहिएको छ। 

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले माइक्रोसफ्टलाई टिकटकको अमेरिकी कारोबार नबच्ने भएको हो। अब बाइटडान्सले अमेरिकामा टिकटक चलाउनका लागि ओर्याकलसँग टेक्निकल पार्टनरसिप गर्ने भएको छ। यो टेक्निकल पार्टनरसिप डिलअन्तर्गत ओर्याकलले अब त्यस्ता राष्ट्रिय सुरक्षा मुद्दाहरु पहिचान गर्ने र हल गर्ने प्रयास गर्नेछ, जसमा ट्रम्प शासनले प्रश्न उठाएका थिए। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइटडान्सलाई टिकटकका अमेरिकी कारोबार कुनै अर्को अमेरिकी कम्पनीलाई बेच्नका लागि भोलि (सेप्टेम्बर १५) सम्मको समयसीमा दिएका छन्। 

बाइटडान्सले भने एउटा वक्तव्य जारी गर्दै ओर्याकलसँग टेक्निकल पार्टनरसिप प्रयोगकर्ताका लागि निकै शानदार हुनुका साथै राष्ट्रिय सुरक्षाको हितमा हुने पनि दाबी गरेको छ। यसका लागि कम्पनीले टिकटकमा ठूलो परिवर्तन गरेको पनि वक्तव्यमा उल्लेख छ। जसबाट राष्ट्रिय सुरक्षा, प्राइभेसी, अनलाइन सेफ्टी र अफवाह रोक्ने कार्य सुनिश्चित गरिने बाइटडान्सले उल्लेख गरेको छ। – एजेन्सी