काठमाण्डौ । विश्वका धनव्यक्ति जेफ बेजोसले यो वर्ष पहिलोपटक विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनको २.५ अर्ब डलरको सेयर बिक्री गरेका छन्। 

बेजोसले यसै साता यति ठूलो धनराशिको सेयर बिक्री गरेका हुन्। उनले अमेजनको करिब ७ लाख ३९ हजार कित्ता सेयर यो साता बेचेको अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) जनाएको छ। 

एसईसीका अनुसार अमेजनका संस्थापक बेजोसले करिब २० लाख कित्ता सेयर बेच्ने योजना बनाएका छन्। गत वर्ष पनि उनले अमेजनको १० अर्ब डलरको सेयर बेचेका थिए। 

हाल बेसोजको सम्पत्ति १९१.३ अर्ब डलर रहेको छ। उनी विश्वको सर्वाधिक धनीको सूचीमा अग्रस्थानमा छन्।

गत वर्ष एमजेनको सेयरमा ७६ प्रतिशतसम्म उछाल आएको थियो। गत वर्ष कोरोना महामारीका कारण अधिकांश मानिस घरभित्रै थिए। उनीहरुले अनलाइनबाटै सामान मगाउने गरेका थिए। जसका कारण अमेजनको व्यापारमा उछाल आएको थियो। 

यो वर्ष भने अमेजनको सेयरमा खासै बढोत्तरी भएको छैन। 

बेजोसले अमेजनको सेयर बिक्रीबाट आएको रकम आफ्नो रकेट कम्पनी ब्लु ओरिजिनको फन्डिङमा प्रयोग गरेको बतायएको छ। साथै उनले १० अर्ब डलर बेजोस अर्थ फन्डलाई घोषणा पनि गरेका छन्। यो फन्ड जलवायु परिवर्तनको समस्यासँग जुझ्न बनाइएको हो। – एजेन्सी