काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा २२ करोड १३ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बिमा कम्पनीको नाफा १८ करोड ६० लाखमा सीमित थियो । 

समीक्षा अवधिमा सिद्धार्थले ७२ करोड ८६ लाख बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १९ करोड ३६ लाख, लगानी, कर्जा तथा अन्यबाट ४ करोड ७५ लाख आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्ष यही अवधिमा बिमा शुल्कतर्फ ५६ करोड ९२ लाख आय भएको थियो भने पुनर्बिमा कमिसनबापत १४ करोड २३ लाख, लगानी, कर्जा तथा अन्यबाट ३ करोड ९२ लाख आम्दानी भएको थियो । 

समीक्षा अवधिमा सिद्धार्थले ३३ करोड ७० लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यो अवधिमा २४ करोड ६० लाख दाबी भुक्तानी गरेको थयो । 

अभिकर्ता कमिसनतर्फ ४ करोड २० लाख खर्च भएको छ, अघिल्लो वर्ष यस्तो खर्च ३ करोड ५२ लाख थियो । 

समीक्षा अवधिमा यो कम्पनीले १ अर्ब ५० करोड कुल बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यो अवधिमा १ अर्ब १६ करोड बिमा शुल्क आर्जन गरेको थियो । यो अवधिमा यो कम्पनीबाट जारी बिमा लेखको संख्या १ लाख २४ हजार ४ रहेको छ । 

समीक्षा अवधिमा सिद्धार्थ इन्स्योरेन्सको ४१ करोड ३४ लाखको बिमा कोष रहेको छ । अघिल्लो वर्ष यस्तो कोषको आकार ३० करोड २७ लाख थियो । यो बिमा कम्पनीको जगेडा कोष भने घटेको छ । अघिल्लो वर्षसम्म १५ करोड १८ लाख रुपैयाँ रहेको जगेडा कोष घटेर समीक्षा अवधिसम्म १४ करोड ४१ लाख रुपैयाँमा सीमित बन्न पुुगेको छ । यो कम्पनीको चुक्तापूँजी ५३ करोड ३६ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा सिद्धार्थ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४१.४७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१४.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.१७ गुणा कायम भएको छ ।