काठमाण्डौ । विश्व सेयर बजार निरन्तर ओरालो लागिरहेको छ। 

गत जनवरी ५ मा डाउ जोन इन्डस्ट्रियल ३६९६० को विन्दुमा थियो। यहाँबाट निरन्तर ओरालो लागेको यो डाउ जोन बिहीबार ३४७१४ मा बन्द भएको छ। एस एन्ड पी ५०० पनि निरन्तर ओरालो लागिरहेको छ। 

नास्डकमात्रै बिहीबार २० प्रतिशतले गिरावट आएको छ। युरोपमा पनि लन्डनको स्टक एक्सचेन्जको फुट्सी १.१ प्रतिशतले घटेको छ। जर्मनीको ड्यक्स पनि १.२४ प्रतिशतले ओरालो लागेको छ। 

जापनको निक्कीमा ०.९ प्रतिशतले गिरावट आएको छ भने अट्रेलियन सेयर बजार पनि भारी गिरावट आएको समाचार संस्थाहरुले जनाएका छन्। 

एसियन र युरोपियन बजारमा शुक्रबार पनि गिरावट आएको छ। सेयर बजारमा गिरावटसँगै लगानीकर्ताहरु सुरक्षित लगानीका लागि सरकारी बोन्ड मार्केटमा आकर्षित भएका छन्। 

अमेरिकी सरकारले मौद्रिक नीतिमा कडाइ गर्ने भएपछि विश्व सेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। मौद्रिका नीतिमा कडाइसँगै आम्दानीमा प्रभाव पर्ने डरले लगानीकर्ताहरु सेयर बजारमा निरुत्साहित भएका हुन्। – एजेन्सी