– रेखा चन्द

काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने कर्जाको धितो लिलामीको संख्या ह्वात्तै बढेको छ। 

दैनिकजसो ठूलो संख्यामा कर्जाको धितो लिलामीसम्बन्धी सूचनाहरु प्रकाशित भइरहेका छन्। कुनै बैंकले घर–जग्गा लिलामीबारे ७ दिने त कुनैले १५ दिने र कुनैले ३५ दिने सूूचना निकालेका छन्। 

विशेषगरी वाणिज्य बैंक र विकास बैंकले धितो लिलामीका सूचना बढी निकालिरहेका छन्। फाइनान्स कम्पनी तथा सहकारी संस्थाहरुले पनि त्यस्ता सूूचना प्रकाशित गरिरहेका छन्। पछिल्लो १५ दिनमा (मंसिर १ गतेदेखि १५ गतेसम्म)को तथ्यांक केलाउँदा १५० वटाभन्दा बढी धितो लिलामीका सूचना प्रकाशित भएका छन्। 

धितो लिलामीको सूचना निकाल्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल, प्रभुु, कुमारी, एनआईसी एसिया, माछापुुुच्छ्रे, मेगा, सिद्धार्थ, नबिल, सिटिजन्स, एनसीसी, नेपाल बैंक, ग्लोबल आईएमई, सिभिल, सनराइज, लक्ष्मी, बैंक अफ काठमाण्डूूलगायत छन्। 

यस्तै विकास बैंकहरुमा लुुम्बिनी, ज्योति, कामना सेवा, मुुक्तिनाथ र सांग्रिलाले धितो लिलामीमा सूचना निकालेका छन्। 

बैंक तथा वित्तीय संस्थाहरुका धितो लिलामीका सूूचनामात्रै नभएर ऋणीलाई कर्जा चुुक्ता गर्न आउनेसम्बन्धी सूूचना पनि उत्तिकै मात्रामा प्रकाशित भइरहेका छन्। ऋणीहरुलाई समय नै तोकेर पत्रपत्रिकामार्फत कर्जा भुुक्तानी गर्न बैंक तथा वित्तीय संस्थाले आग्रह गरिरहेका हुुन्।

लामो समयसम्म ऋणी ग्राहकले लिएको ऋणको साँवा तथा ब्याजलगायत भुक्तानी नगर्दा बैंक तथा वित्तीय संस्थाले कर्जा दिँदा राखेको धितोबापतको जिन्सी लिलामीमा ल्याउन थालेका हुन्। पछिल्लो समय कर्जा नतिर्नेको संख्या ह्वात्तै बढेको छ। त्यससँगै कालोसूचीमा पर्नेको संख्या अचाक्ली बढेको छ। 

यसरी धमाधम धितो लिलामीको सूचना जारी गर्नुले बैंक तथा वित्तीयको खराब कर्जा अनुपात (एनपीएल) बढ्दै गएको प्रस्ट हुन्छ। यतिमात्रै नभएर कर्जा तथा साँवा नउठ्दा सम्रग बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा पनि नकारात्मक असर पर्दै गएको छ। 

ऋणीले बैंकलाई ऋणको समय–समयमा बुुझाउनुुपर्ने साँवा, साँवाको किस्ता, ब्याज, हर्जाना ब्याज रकम नतिरी बैंकसँग गरेको कर्जासम्बन्धी सर्त कबुुुलियत उल्लंघन गरेको, बैंकले ऋणीहरु र व्यक्तिगत जमानतकर्तासमेतलाई पटक–पटक मौखिक एवं लिखित सूूचना पठाई ताकेता गर्दासमेत कर्जाको साँवा तथा सोमा लागेको ब्याज, किस्ता र हर्जाना ब्याज रकम नबुुझाउँदा धितो लिलामीको सूूचना जारी गरिएको सम्बन्धित बैंकहरुले जनाएका छन्।

पूूर्वबैंकर अनलराज भट्टराई सामान्तया बैंक तथा वित्तीय संस्थाहरुले पहिलो र दोस्रो त्रैमासमा बढी धितो लिलामी सूूचना निकाल्ने गरेको बताउँछन्। लिलामीको सूूचना जारी गरेर धितो बिक्री गरेर आएको रकम बैंकको खातामा आएमा सकभर पुुस मसान्तमा र नभए चैत मसान्तमा प्रोभिजन रिटर्न ब्याक गरी वित्तीय विवरण क्लिन गर्न पाइने हुनाले यो बेला बैंक तथा वित्तीय संस्थाहरुको धितो लिलामी धेरै प्रकाशित हुने गरेको उनको भनाइ छ। ‘अहिले भनेको बैंकहरुको वित्तीय विवरण क्लिन गर्ने समय हो’, भट्टराईले भने, ‘त्यसकारण चैततिर बैंकहरुले लिलामी सूूचना निकाल्दा ढिला हुने भएकोले अहिले लिलामी सूूचना निकाल्ने एकदमै राइट टाइम हो।’

यसपटक नयाँ कर्जा लगानी हुन नसकेको र गत वर्षको ४ महिनामा झन्डै ५०० अर्ब कर्जा लगानी भएको थियो। राष्ट्र बैंकले कोभिडको बेलामा लिलामी सूूचना ननिकाल्ने सुुविधा दिएकाले पनि त्यो बखत रोकिएको सूूचना अहिले आउन थालेको भट्टराई बताउँछन्। ‘लिलामी सूूचना जहिल्यै पनि निस्किछन् तर कोभिडको बेलामा राष्ट्र बैंकले पनि त्यस्ता सूूचना ननिकाल्न भनेको थियो’, उनी भन्छन्, ‘त्यसकारण पनि अहिले अलि बढी सूूचना आएकोजस्तो देखिन्छ। तर, यसले बजार ध्वस्त भयो वा सबै बिग्रियो भन्ने अवस्था भने होइन।’ 

अहिले तरलताको अभाव, कर्जा नपाउने अवस्था तथा कर्जा तिर्न नसकिएको भन्ने एकातर्फ मानिसहरुमा दबाब छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले धितो लिलामीमा सूचना प्रकाशित गर्नुलाई सामान्य मानिने भट्टराईले बताए। ‘अघिल्लो वर्ष राष्ट्र बैंकको कर्जा दिनुपर्ने नीतिका कारण तरलता हुँदा व्यापार–व्यवसाय चलिरहेको थियो। त्यो बेलामा लगानी भएको कर्जाको पनि सूूचना अहिले निस्किँदा मानिसमा मनोवैज्ञानिक त्रास देखिएको हो’, उनले भने।

पूर्वबैंकर भुुवन दाहाल खराव कर्जा अनुपात बढ्दा बैंक तथा वित्तीय संस्थाहरुले निकाल्ने धितो लिलामीको सूूचना पनि बढ्ने बताउँछन्। ‘जहिल्यै पनि निष्क्रिय कर्जा र धितो लिलामीको प्रत्यक्ष सम्बन्ध हुन्छ,’ उनले भने ‘त्यसका कारण जब निष्क्रिय कर्जा बढ्छ तब धितो लिलामीको सूूचना पनि बढ्छ।’

बैंक तथा वित्तीय संस्थाहरुको परफर्मेन्स राम्रो भएको वा निष्क्रिय कर्जा नभएको खण्डमा धितो लिलामीको सूूचना नै निकाल्न नपर्ने दाहालको भनाइ छ। 

कोभिडका बेला राष्ट्र बैंकले दिएको सुुुविधा अवधि पनि सकिइसकेकाले पनि धितो लिलामीका केस बढेको दाहाल बताउँछन्। ‘ब्याजदर बढेकाले पनि निष्क्रिय कर्जा बढ्यो, राष्ट्र बैंकले दिएको सुुविधा पनि सकियो, तरलताको अभाव हुँदा बिजनेसमा स्लो डाउन हुँदा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दा धितो लिलामीको सूूचना पनि बढ्यो’, उनले भने।