काठमाण्डौ । साउद कोरियाको दिग्गज कार निर्माता कम्पनी किया मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक कार ईभी–सिक्स कार लन्च गरेको छ। यो कार एउटा डेडिकेटेड प्लेटमर्फमा आधारित रहेको छ।

कियाले यो कार पहिलो अल–इलेक्ट्रिक मोडल पनि हो। जुन १८ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ भने फुल चार्जमा ५१० किलोमिटरसम्म गुडाउन सकिन्छ।

ईभी–सिक्सका अन्य इलेक्ट्रिक कारको तुलनामा यसमा धेरै स्पेस, फिचर र शानदार इन्टिरियर रहेका छन्।  

यो कारमा अडियो भिजुअल नेभिगेसन सिस्टम राखिएको छ। जसले स्टियरिङ ह्विलहुँदै पूरै सेन्टर ड्यासबोर्डसम्म कभर गर्छ । यसले पूरै इन्स्ट्रमेन्ट क्लस्टर, इन्फोटेन्मेन्ट सिस्टम, नेभिगेसन डिटेललाई डिस्प्ले गर्छ। 

यसका साथै कारमा प्यासेन्जर कन्ट्रोल, हिटिङ, भेन्टिलेसन र एयर कन्डिसनिङ सेन्टिंग्स रहेका छन्। इन्टिरियरमा सिट र फ्याब्रिकले पनि यो कारको लुकलाई शानदार बनाएको छ। 

कियाको यो कारको मूल्य भारु ३० लाखदेखि ३५ लाखसम्म पर्ने अनुमान गरिएको छ। कियाले यो कार यस वर्ष ३० हजार युनिट बेच्ने लक्ष्य राखेको छ। 

त्यसो त किया मोटर्सले योसँगै अन्य ११ इलेक्ट्रिक कार लन्च गर्ने योजना गरेको छ। यी सबै कार सन् २०२६ सम्म बजारमा ल्याउने तयारी कियाको छ। – एजेन्सी