काठमाण्डौ । किया मोटर इन्डियाले आउँदो जुन २ मा भारतीय बजारमा आफ्नो नयाँ र बहुप्रतिक्षित ईभी६ इलेक्ट्रिक कार लन्च गर्ने तयार गरेको छ। यो कारको बुकिङ भारतमा आजबाट सुरु भएको छ। 

यो कार हाल भारतका १२ सहरका १५ डिलरसिपमा ३ लाख रुपैयाँको टोकन रकममा बुक गर्न सकिनेछ। कम्पनीको आधिकारिक साइटमा गएर पनि यो कार बुक गर्न सकिने कम्पनीले जनाएको छ। 

पहिले सेवाका आधारमा कार बुकिङ गर्न थालिएको छ। किनकि यो कारको १०० युनिटमात्र भारतमा बिक्रीका लागि छुट्याएको छ। 

भारतमा यो इलेक्ट्रिक कारको १०० युनिटमात्रै बिक्री हुने भएकाले बुकिङ सुरु हुनेबित्तिकै कारको सबै बुकिङ केही मिनेटमै पूरा हुने अनुमान गरिएको छ। ईभी६ बाहेक कम्पनीले ईभी६ लाइट, ईभी६ एअर, ईभी६ वाटर र ईभी६ अर्थ नामहरु ट्रेडमार्कका लागि पनि आवेदन दिएको छ। यी सबै ईभी६ इलेक्ट्रिक कारका विभिन्न भेरियन्टका नाम हुन सक्छन्। 

गत वर्ष मेमा सार्वजनक गरिएको किया ईभी६ हुन्डाईको आयोनिक ५ मा आधारित रहेको छ र ई–जीएमपी प्लेटफर्ममा निर्माण गरिएको छ।

किया ईभी६ लाई ७७.४केडब्ल्यूएच लिथियम–आयन ब्याट्री प्याकका साथ पेस गरिनेछ। यसले पूर्ण चार्ज गर्दा ५२८ किलोमिटरसम्मको इलेक्ट्रिक रेन्ज दिन सक्छ।

किया ईभी६ को ब्याट्री प्याकले अल्ट्रा–फास्ट चार्जिङलाई सपोर्ट गर्नेछ। यसमार्फत कारलाई ४.५ मिनेटभन्दा कममा १०० किलोमिटरको रेन्जसम्म चार्ज गर्न सकिन्छ। यो ३५०केडब्ल्यू फास्ट चार्जर र ५०केडब्ल्यूएच फास्ट चार्जरसँग पनि उपलब्ध हुनेछ। जसले ब्याट्रीलाई १८ मिनेट र ७३ मिनेटमा क्रमशः १० देखि ८० प्रतिशतसम्म बढाउन सक्छ।

ईभी६ मा डुअल १२.३ इन्च डिस्प्ले, डुअल जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल, १०–वे पावर एडजस्टेबल फ्रन्ट सिट, प्याडल सिफ्टर रिजनेरेसन, रेन सेन्सिङ वाइपर, मल्टी ड्राइभ मोड, वायरलेस स्मार्टफोन चार्जर र ४ स्पिकर अडियो सिस्टम समावेश छन्। 

नयाँ किया इलेक्ट्रिक कारमा ८ एयरब्याग, ईएससी, एबीएस, एचएएस, बीएएस, भीएसएम, ईएसएस, सबै ह्विल डिस्क ब्रेक, अगाडि र पछाडि पार्किङ सेन्सर सुविधा प्रदान गरिनेछ। 

ग्राहकले यो कारमा स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल, मोनोस्केप, रनवे रेड र याट ब्लू गरी पाँचवटा कलर विकल्प पाउनेछन्। इलेक्ट्रिक कारको लम्बाइ ४६९५ एमएम, चौडाइ १८९० एमएम र उचाइ १५५० एमएम हुनेछ।

नयाँ किया इलेक्ट्रिक क्रसओभर एकल मोटर वा डुअल मोटर सेटअपको साथ आउन सक्छ। रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) कन्फिगरेसन एकल इलेक्ट्रिक मोटरको साथ आउँछ। यसले अधिकतम २२९ पीएस पावर र ३५० एनएमको पिक टार्क उत्पन्न गर्छ। 

अर्कोतर्फ अल–ह्विल ड्राइभ (एडब्ल्यूडी) भर्जनले अधिकतम ३२५ पीएस पावर र ६०५ एनएमको पिक टार्क उत्पन्न गर्छ। किया ईभी६ ले ३.५ सेकेन्डमा ० देखि १०० किमी प्रतिघन्टाको गति लिन सक्छ। –एजेन्सी