काठमाण्डौ । किया इन्डियाले आफ्नो पहिलो इलेक्ट्रिक कार ईभी६ लन्च गरेको छ।

यो भारतीय बजारमा लन्च हुने पछिल्लो इलेक्ट्रिक कार हो। योसँगै अब किया पनि आफ्नो इलेक्ट्रिक कारका भारतीय बजारमा हाजिर भएको छ। 

कियाको इलेक्ट्रिक कार किया ईभी६मा मानिसहरुले एकल चार्जमा उच्च रेन्ज पाउनेछन्। यो कारले सिंगल चार्जमा ५२८ किलोमिटर यात्रा तय गर्न सक्छ। यसमा ७७.४केडब्ल्यूएचको ब्याट्री प्याक हुनेछ। यसले रियर–ह्विल ड्राइभमा २२९ बीएचपी अधिकतम पावर र ३५० एनएम पिक टर्क जेनेरेट गर्नेछ।

किया ईभी६ कम्पनीको पहिलो पूर्ण विद्युतीय कार हो। कम्पनीले गत महिनामात्रै यसको बुकिङ सुरु गरेको थियो । हालसम्म कम्पनीले आफ्ना ३५५ युनिट कार बुकिङ प्राप्त गरिसकेको छ। 

यो विद्युतीय कारले ५.२ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ।

कम्पनीले कियान ईभी६ मा उत्कृष्ट फिचर्स दिएको छ। जसमा फास्ट चार्जिङको सुविधा पनि छ। यो कार १८ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ। यसमा एलईडी हेडल्याम्प, कनेक्टिङ टेललाइट र १९ इन्च एलोय ह्विलसहितको स्लिक ग्रिलको डिजाइन प्राप्त हुनेछ। यी सबैले कारलाई स्पोर्टी लुक दिन्छ।

अन्तर्राष्ट्रिय बजारमा उपलब्ध रहेको यो कारको मोडल १२.३ इन्चको दुईवटा स्क्रिनसहित आउँछ । यसमा एउटा स्क्रिन इन्फोटेनमेन्टका लागि र अर्को स्क्रिन इन्स्ट्रुमेन्ट क्लस्टरका लागि प्रयोग गरिन्छ। 

कम्पनीले यो कारको सुरुआती मूल्य भारु ५९.९५ लाख तोकेको छ। यसको टप मोडलको मूल्य भने भारु ६४.९६ लाख तोकिएको छ। –एजेन्सी